
काठमाडौं । सत्तागठबन्धन दलका नेताको बैठक सुरु भएको छ । बैठक बालुवाटारमा सुरु भएको हो ।
बैठकले आगामी कार्यक्रमबारे छलफल गर्ने र सार्वजनिक गरिने जनाइएको छ । अघिल्लो बैठकमा आजको बैठकबाट आगामी कार्यक्रम सार्वजनिक गर्ने समझदारी बनेको थियो । नेपाली कांग्रेस र नेकपा (एमाले)सहितका दलको गठबन्धन सरकार गठनको सय दिन पुगेको छ । बैठकले एक सय दिनको समीक्षा गरी आगामी कार्यक्रम तय गर्ने नेताहरूले बताएका छन् ।