
काठमाडौं- जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद्मा सभामुखको भूमिका सन्तोषजनक
नभएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिँदै केसीले संसद्मा सभामुखको भूमिका सन्तोषजनक नदेखिएको टिप्पणी गरेका छन् । प्रतिपक्षीले विरोध गरिरहेको बेला संसद् सञ्चालन गरेको भन्दै उनले सभामुखको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
साथै उनले प्रधानमन्त्रीले १७ महिनामा चार पटक विश्वासको मत लिने अवस्था कसरी बन्यो भन्दै अस्थिरताको कारक बनेको आरोप लगाएका छन् ।