
काठमाडौं। समाजवादी मोर्चाले आज वृहत् अन्तरक्रिया कार्यक्रम जारी छ। नेपाल प्रज्ञा प्रतिष्ठान भवन कमलादीमा दिउँसो १२ बजेबाट सो कार्यक्रम सुरु भएको हो।
‘वर्तमान राष्ट्रिय राजनैतिक परिस्थिति र समाजवादी मोर्चा नेपालको कार्यभार’ शीर्षकमा सो कार्यक्रम राखिएको हो । समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी रहेका छन् ।
भोलीका लागि तय गरिएको कार्यक्रम एक दिन अगाडी सारेर आज राखिएको हो । गत माघ २ गते बसेको मोर्चाको बैठकले सहिद दिवसको अवसरमा माघ १६ गते काठमाडौँमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको थियो ।