जोडिनुहोस
शुक्रबार, फाल्गुन ३०, २०८१
शुक्रबार, फाल्गुन ३०, २०८१
  • होमपेज
  • सशस्त्रका सईमाथि १० वर्षीया बालिका बलात्कारको आरोप, स्थानीय आन्दोलित

सशस्त्रका सईमाथि १० वर्षीया बालिका बलात्कारको आरोप, स्थानीय आन्दोलित

महोत्तरीको लोहारपट्टी नगरपालिका–४ मा सशस्त्र प्रहरी नायब निरीक्षक ९सई० धर्मेन्द्र सिंहमाथि १० वर्षीया बालिकालाई जबरजस्ती करणीको आरोप लागेको छ । सई सिंह वडा नम्बर ४ पिपराढी स्थित रेल्वेट्र्याक पोस्टमा कार्यरत छन् । उनले १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्दै स्थानीयहरूले अहिले सशस्त्र प्रहरी पोस्ट घेराउ गरिरहेका छन् । स्थानीयहरूले पोस्ट घेराउ गरेपछि आरोपी सई सिंहलाई सशस्त्र प्रहरीको टोलीले नै नियन्त्रणमा लिएको छ । तोडफोडको प्रयास गरेपछि त्यहाँ स्थानीय र प्रहरीबीच तनाव पनि देखिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले बालिकामाथि दुव्र्यवहार भएको बताएको छ ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका