देश
सांसद खतिवडाको नियमापत्ति : हत्या अभियोग लागेका सांसदलाई पक्राउ गर्न गृहमन्त्रीको ध्यानाकर्षण
0 टिप्पणी

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्या अभियोग लागेका सांसद संसद भवन आएको भन्दै गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार सभामुखको निर्वाचनको कार्यक्रम सुरू हुनुअघि उनले सभाध्यक्षको ध्यानाकर्षण गराउँदै हत्या अभियोग लागेका सांसदलाई सभामुखको निर्वाचनमा सहभागी नगराउन माग गरेका हुन् ।
उनले त्यस्ता सांसदलाई पक्राउ गरी सदनलाई जानकारी गराउन पनि माग गरेका छन् । एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतोमाथि हत्या अभियोग लागेको छ ।