जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • ५१ मिनेटutes अगाडि
  • होमपेज
  • साफ महिला च्याम्पियनसिपः श्रीलंकाविरुद्ध भुटान ४–१ गोलले विजयी

साफ महिला च्याम्पियनसिपः श्रीलंकाविरुद्ध भुटान ४–१ गोलले विजयी

काठमाडौं। साफ महिला च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा भुटानले श्रीलंकालाई ४–१ ले हराएको छ । दशरथ रंगशालामा भएको खेलमा लगातार अग्रता बनाएर भुटान विजयी भएको हो । भुटानले साफको इतिहासमा दर्ता गरेको यो दोस्रो जित हो। यसअघि पनि उसले श्रीलंकालाई नै हराएको थियो ।

भुटानले खेलको सातौं मिनेटमा नै अग्रता बनाएको थियो । पोस्टको दायाँबाट नामग्यालको क्रसमा देशीले गोल गरेकी हुन् । प्रतियोगितामा पहिलो गोलसँगै भुटानले अग्रता बनाएको हो । खेलको १५ औं मिनेटमा सिवानेश्वर्ण थरमिकाले मिलाइदिएको बललाई वर्णाकुल–सुरिया इमेशाले पोस्टको दिशा दिए पनि गोलकिपरले बललाई नियन्त्रणमा लिएकी थिइन्।

श्रीलंकाले खेलको २२ औं मिनेटमा बराबरी गोल फर्कायो । कप्तान थुशान्ति मशुसिकाले विपक्षीबाट नियन्त्रणमा लिएको बललाई प्रविणा परेसँग पास खेलेर गोल गरेकी हुन् । उनको प्रहार भुटानका दुई डिफेन्डर र गोलकिपरले रक्षा गर्न सकेनन् । खेलको ३२ औं मिनेटमा भुटानले फेरि अग्रता आफ्नो पक्षमा ल्याएको थियो ।

रिबाउन्ड भएको नामग्यालको फ्री किक श्रीलंकाकी युवारानीले क्लियर गर्न नसकेपछि दोर्जीले नियन्त्रणमा लिएर गोल गरेकी हुन् । कप्तान पेमा छादेनले मुस्किलले दिएको पासमा देखीले चलाखीपूर्ण गोल गरिन् । श्रीलंकाका खेलाडीको तालमेल मिल्न नसक्दा उसले सो गोल रक्षा गर्न सकेन । यता भुटानले भने खेलमा ३–१ को अग्रता बनाएको हो ।

खेलको ७८ औं मिनेटमा ४–१ गोलको अग्रता बनाएको हो । पेमाकै पासमा नामग्यालले दुई डिफेन्डरलाई बिट गरेर गोल गरिन् । यता खेलमा केही अवसरको सिजर्ना गरे पनि श्रीलंकाले दोस्रो हाफमा गोल गर्न सकेन । आजको जितसँगै भुटानले समूहमा चार अंक बनाएको छ भने श्रीलंकाको तीन अंक छ । भुटानले पहिलो खेलमा नेपालसँग बराबरी खेलेको थियो भने श्रीलंकाले माल्दिभ्सलाई हराएको थियो ।

आजको जितसँगै भुटानले सेमिफाइनल सम्भावना बलियो बनाएको छ । ऊ अघिल्लो संस्करणमा पहिलो पटक साफमा सेमिफाइनल पुगेको थियो ।

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका