राजनीति
सामाजिक सञ्जाललाई नियमन तथा व्यवस्थापनमा प्रेस काउन्सीलले महत्वपुर्ण भुमिका खेल्नुपर्छः थपलिया

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल पनि आम सञ्चार माध्यामको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर्दै उनले त्यसलाई सरकारले आफ्नो दायरामा ल्याएर नियमन तथा व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ रहेको छ ।
आज (बिहीबार) काठमाडौंमा आयोजित ‘आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठी’ मा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो बताएका हुन ।
सामाजिक सञ्जाललाई प्रेस काउन्सिल नेपालले आफ्नो दायरामा ल्याएर अनुगमन गर्न सक्ने वा नसक्ने विषयमाथि उनले प्रश्न उठाएका छन् । सबै सञ्चार माध्यमहरुमा प्रकाशित तथा प्रशारित हुने सामग्रीहरु स्वतः आउने गरी सफ्टवेयरको विकास गर्न पनि नेपाल प्रेस काउन्सिलसँग उनको आग्रह रहेको छ । सामाजिक संजालको परिभाषा बुझेर प्रेस काउन्सील नेपाले समति बनाएर कार्यान्वयन गर्नुपर्नेमा थपलियाको जोड रहेको छ ।