
जकपुरधाम। सिरहाको कर्जन्हा नगरपालिकाबाट २९० किलो गाँजासहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका ११ का ३७ वर्षीय प्रदीप मुखिया छन् । सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाका अनुसार आज दिउँसो गाउँकी शोभाकुमारी साहको घरपछाडि गाँजा लुकाइ छिपाई राखिएको गोप्य सूचनाको आधारमा प्रहरीले आज छापा मारेर नियन्त्रणमा लिएको हो ।
प्लास्टिकको १९ वटा पोकामा अन्दाजी २९० किलोग्राम गाँजा बरामद गरेको डिएसपी सापकोटाले बताए । पक्राउ परेका मुखियालाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको छ । उनीमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।