
काठमाडौं । नेपाल बार एसोसिएसनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तारी गरिएको घटनालाई निन्दनीय भनेको छ ।
नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले सरकारले लोकतान्त्रिक अधिकार कुण्ठित गर्ने उद्देश्यले सिरोहियालाई गिरफ्तार गरेको बताए । उनले लोकतान्त्रिक आन्दोलनको योद्धाको रुपमा स्थापित सञ्चारगृहलाई नियोजित रुपमा गरिएको आक्रमणको विरोध गर्न आह्वान गरेका छन् ।