
काठमाडौँ । सुन तस्करले हङकङबाट ल्याएको करिब १०० किलोग्राम सुन ल्याउँदा जम्मा ४८० अमेरिकी डलरको राजश्व तिरेको पाइएको छ । हङकङबाट ‘ब्रेक प्याड’मा लुकाएर ल्याइएको उक्त परिणामको सुनको मूल्याङ्कन ४८० डलर गरेर उक्त मूल्यको मात्रै भन्सार तिरेको पाइएको हो ।
त्रिभुवन विमानस्थल अन्तर्राष्ट्रिय भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अम्विका खनालले तस्करले १६० वटा ‘ब्रेक प्याड’सेटको भन्सार जाँच पास भएकाे बताएका हुन् । उक्त ब्रेक प्याडको मूल्य प्रतिसेट ३ डलर मूल्याङ्कन गरिएको थियो ।
सुन लुकाइएको ब्रेक प्याड सेट आयातकर्ता रेडी ट्रेड प्राली हो । यो सामान जुलाई १५ को दिउँसो ३ बजेको क्याथे प्यासिफिकको फ्लाइटबाट त्रिभुवन विमानस्थलमा आइपुगेको थियो । यसपछि, जुलाई १८ (असार २ गते) मा गोदामबाट निकालिएको खनाललेजानकारी दिए ।
यसका लागि तस्करले सोही दिनको दिउँसो १२ बजे प्रज्ञापन पत्र भरेका थिए । भन्सार एजेन्ट यादव पराजुली (७८२ नम्बर) को नामबाट राजेन्द्र राईले सामान छुटाएका थिए ।