
काठमाडौँ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ५ सय रुपैयाँले घट्दै १ लाख १० हजार ५ सय रुपैयाँ कायम भएको हो ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले नै घट्दै १ लाख ९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
यता चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घट्दै आज १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।