
काठमाडौं।नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।