
काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ ।
सुनको मूल्य एक सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार प्रतितोला एक लाख ४६ हजार २०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी सोमबार प्रतितोला एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य एक हजार ८ सय दश रुपैयाँ रहेको थियो ।