
आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार हिजो मंगलबारको तुलनामा आज सुनको मूल्य तोलामा १०० रुपैयाँले र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो ।
यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १० हजार ५५० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ७० रुपैयाँ कायम भएको छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम थियो ।