
काठमाडौं।संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएका छन् ।
नेम्वाङको शव अन्तिम श्रद्धाञ्जलीका एमाले पार्टी मुख्यालय च्यासलमा राखिएको छ ।
नेम्वाङको मंगलबार बिहान हृदयघातका कारण मृत्यु भएको हो ।
अहिले च्यासलमा नेम्वाङको पार्थिव शरीरमाथि मानिसहरूले पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली दिइरहेका छन् ।