
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । बिहीबार १२.७३ अंकले बढेको बजारमा कारोबार रकम पनि हिजोको तुलनामा बढेको छ ।
यद्यपि अर्बभन्दा कम कारोबार रहेको छ । आज ७२ करोड २६ लाख ६९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । सबै उपसमूह हरियाली देखिएको छ । सबैभन्दा बढी नीर्जीवन बीमातर्फको बढोत्तरी छ । यो समूह आज १३१ अंकले बढ्यो ।
करिब २ वर्षयता सेयरबजारले लय समात्न सकेको छैन । बिहीबार बजार बढेपनि कारोबारमा उत्साह देखिएन । नीतिगत समस्या सम्बोधन नभएसम्म बजार यसरी नै धरमराइरहने विज्ञहरू बताउँछन् ।