
काठमाडौं। रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने भएको छ ।
बुधवार बसेको केन्द्रीय समिति बैठकले स्थानीय तहको उपनिर्वाचनमा भाग दिने निर्णय गरेको हो ।
‘रास्वपा उपनिर्वाचनमा सहभागी हुनेछ, हामी भाग लिनेछौँ । त्यसका लागि आजको बैठकमा व्यापक छलफल भएको छ,’ कार्यवाहक प्रवक्ता मनिष झाले मकालुखबरसंग भने ।
झाले रिक्त रहेका सबै पदमा उम्मेदवारी दिएर उप निर्वाचनमा भाग लने निर्णय भएको जानकारी दिए ।