
काठमाडौँ । महोत्तरीको जलेश्वर नगरपालिका–३ बाट प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–३ बस्ने २९ वर्षीय बिमलेश पाण्डे छन् ।
आरोपीको साथबाट ९ लाख ९८ हजार ३ सय भारतीय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरी चौकी भिठ्ठामोडबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.४ प ७०३४ नम्बरको मोटरसाइकललाई जाँच गर्दा पाण्डेको साथमा सो रकम फेला परेको थियो । प्रहरीले उनिबारे अनुसन्धान गरिरहेको छ ।