
राजविराज। प्रहरीले सप्तरीको राजविराज नगरपालिका– ७ बाट स्रोत नखुलेको १४ लाख ७ सय रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
गत पुस ४ गते राजविराजको सिरहा रोडबाट उक्त रकमसहित राजविराज– ७ का महेन्द्र साहलाई नियन्त्रणमा लिएपनि प्रहरीले घटना सार्वजनिक गरेको छैन ।
उक्त रकम हुण्डी कारोबारको रहेको आंशका गरिएको छ । सप्तरीका एसपी ढकेन्द्र खतिवडाले रकम पक्राउ गरिएको पुष्टि गर्दै पक्राउ गरिएका साहमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ कसुर अन्तर्गत मुद्दाको प्रक्रिया अघि बढाइएको बताए ।