
काठमाडौं। नेपाली बजारमा साताको पाँचौँ कारोबारको दिन पनि सुनको मूल्य बढेको छ । आज (बिहीबार) सुनको मूल्य तोलामा १ हजार रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार छापावाला सुन प्रतितोला १ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार पनि चाँदी सोही रकममा कारोबार भएको थियो ।