
सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले बढेर बजार बन्द हुँदा भने घटेको छ । यस अघि फागुन १ गते ७.२६ अंकले नेप्से घटेको थियो । त्यस यता ९ वटा कारोबार भने निरन्तर बढेको थियो । आज सोमबार भने पुन नेप्से घटेको छ । आज नेप्से १३.६२ अंकले घटेर परिसूचक २८७६.६६ विन्दुमा पुगेको छ । आज नेप्से ०.४७ प्रतिशतले घट्दा १४ अर्ब २८ करोड ४५ लाख १० हजार रुपैयाँ बराबरको ३ करोड १२ लाख ४१ हजार २५८ कित्ता शेयर कारोबार भएको छ । आज ५१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३०० वटा कम्पनी कारोबारमा आउँदा १ लाख ३९ हजार ५५५ पटक शेयर किनबेच भएको छ । आज १३ वटा समूहमध्ये ५ वटा समूह बढेको छ भने ८ वटा समूह घटेको छ । आज सबैभन्दा बढी अन्य समूह १.६८ प्रतिशतले बढेको छ । सबैभन्दा कम उत्पादन तथा प्रशोधन ०.२५ प्रतिशतले बढेको छ । आज सबैभन्दा बढी होटल तथा पर्यटन समूह १.८८ प्रतिशतले घटेको छ भने सबैभन्दा कम लगानी समूह ०.२४ प्रतिशतले घटेको छ ।