
काठमाडौँ । अर्थमन्त्री प्रकाश शरण महतले आगामी आर्थिक वर्षमा भूमि आयोग मार्फत ११० वटा स्थानीय तहमा २५ हजार भूमिहीनलाई जग्गा वितरण गरिने बताएका छन् ।
सोमबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षका लागि बजेट भाषण गर्दै मन्त्री महतले नाप–जाँच गर्न छुट भएका जग्गाको नापजाँच गरी जग्गाधनी पूर्जा उपलब्ध गराइने बताए ।
आगामी आर्थिक वर्षमा गाउँ ब्लक जग्गा जाँच कार्य सम्पन्न गरिने जानकारी गराए । वैज्ञानिक आधारमा जग्गालाई खेतीयोग्य र वर्गीकरण गर्ने व्यवस्था मिलाइने जानकारी गराउँदै भूमिको वर्गीकरण स्थानीय तहमार्फत प्रभावकारी र पारदर्शी बनाइने उल्लेख गरे ।