
काठमाडौं— सरकारले ५५ जना उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको हो ।
मन्त्रालयका अनुसार मंगलबार २८ र बुधबार २७ जना गरि ५५ जनाको सरुवा गरिएको हो । नयाँ पदस्थापन गरेका अधिकांश उपसचिवलाई स्थानीय तहमा खटाएको मन्त्रालयले जनाएको छ ।