
काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा नेपालमा १० अर्ब भन्दा माथिको सुन भित्रिएको छ । भन्सार विभागका अनुसार गत छ महिनामा १० अर्ब ९५ करोड ७१ लाख ९१ रुपियाँ मूल्य बराबरको सुन भित्रिएको हो ।
जसअनुसार ६ महिनामा १५ लाख १६ हजार ५८६ ग्राम अर्थात् एक हजार ५१६ केजी सुन आयात भएको छ । सो अवधिमा ३२ करोड ४८ लाख १८ हजार रुपियाँ बराबरको ३५ लाख २३ हजार ग्राम अर्थात् तीन हजार ५२३ केजी चाँदी आयात भएको भन्सार विभागले जनाएको छ ।
भन्सार विभागका अनुसार सुन आयातको तुलनामा यस अवधिमा निर्यात भने घटेको छ ।