
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले ९७ प्रतिशत जनसंख्या खानेपानीको पहुँचमा पुगेको बताएका छन् ।
मंगलबार संसद्मा आर्थिक वर्ष २०८१-०८२ को बजेट पेस गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन्। सङ्घीय संसद्को बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गरिरहेका छन् ।
यस्तै उनले शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा ९८ रहेकोमा हाल २१ मा झरेको समेत बताए ।