जोडिनुहोस
  • होमपेज
  • जुडाकाका आगलागी पीडितलाई राहत वितरण

जुडाकाका आगलागी पीडितलाई राहत वितरण

कञ्चनपुर- कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ जुडाकाका आगलागी पीडित जयदेव ठगुन्नासहित ५ जनाको परिवारलाई राहत वितरण गरिएको छ ।

सशस्त्र प्रहरीको ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीमा रहेका विभिन्न राहतका सामान नं। ३५ शैलेश्वरी गण कञ्चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्र बहादुर चन्दले वितरण गरेका हुन् ।

पीडितहरूलाई दैनिक प्रयोग हुने भाँडावर्तन, कपडा आदि वितरण गरिएको छ । विभिन्न विपद्मा परी घरबारविहीन भएका नागरिकहरूलाई तत्काल अस्थायी बसोवास र दैनिक उपभोग्य सामानसहितको २८ वटा डिजास्टर रिलिफ सिस्टम कन्टेनर सशस्त्र प्रहरी बलका १३ जिल्लाका १५ वटा युनिटहरूमा रहेका छन् ।

यसअघि जाजरकोट र पश्चिम रुकुमको भुकम्पबाट प्रभावित भएका नागरिकलाई समेत ५ वटा डिजास्टर रिलिफ सिष्टम मार्फत सहयोग उपलब्ध गराईएको थियो ।

गत वैशाख २१ गते ठगुन्नाको भान्सा कोठामा राखिएको ग्याँस सिलिन्डर लिक भई अचानक आगलागी हुँदा घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, नगद, जिन्सी सामान लगायत पशुचौपाया जलेर नष्ट भएको बताईएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका