फागुन-६ सप्तरी ।
नेकपा एमालेका भ्रातृ संगठनहरु अनेरास्ववियु र युथ फोस्रले आज सप्तरी बन्द आह्वान गरेका छन् । सिरहामा केही दिनअघि प्रहरीसँग भएको झडपमा एमाले कार्यकर्ता रामस्वरुप पासवानको मृत्युभएको घटनालाई लिएर उनीहरुले बन्द आह्वान गरेका हुन् । बन्दका कारण सप्तरीका बजार शैक्षिँक संस्था यातायात कारखाना ठप्प भएका छन् । बन्दकर्ताहरु राजविराजका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले मृतक पासवानलाई शहिद घोषणा मृतकको परिवारलाई क्षँतिपूर्ति घटनाको छानविनका लागि उच्चस्तरिय छानविन आयोग गठन गर्नुपर्नेलगायतका माग राखेका छन् । यसैबीच हत्याको विरोधमा आन्दोलनरत सिरहाका एमाले कार्यकर्ताहरुले आज सिरहा मिर्चैया सडकखण्ड अवरुद्ध पारेका छन् । अवरोधका कारण सयौं गाडी बीच बाटैमै अलपत्र परेका छन् ।
४. तराई क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदै होली
१४ चैत्र । रंगहरूको पर्व होली बुधबार तराई क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु पर्वलाई बसन्त पर्व तथा चीर पर्व पनि भनिन्छ । विष्णुभक्त प्रह्लादलाई मार्न हिरण्य कश्यपुले बहिनी होलिकालाई आगोमा होमाएको, भगवान् श्रीकृष्णले गोपिनीको वस्त्र हरण गरेको र भगवान रामले
५. हात्तीको आक्रमणबाट वृद्ध दम्पतिको मृत्यु
पुस, चितवन चितवनको माडीЦगर्दीमा हात्तीको आक्रमणबाट बृद्ध दम्पत्तिको मृत्युभएको छ ।
शनिबार राति गर्दी गाविस वडा नम्बर ९ द्रौपदीनगरमा हात्तीको आक्रमण परी ६५ वर्षीय बुद्धिराम वोटे र उनकी श्रीमती ६० वर्षीया जरीया वोटेको मृत्यु भएको हो ।
६. थानकोटमा Сमहालक्ष्मीТजात्रा
१४ मंसिर, काठमाडौ । काठमाडौंको थानकोटका नेवार समुदायको मूल शक्तिपीठ Сमहालक्ष्मीТ को जात्रा चलिरहेको छ ।
वर्षको एक पटक महालक्ष्मी र गणेशको मूर्तिलाई खटमा राखेर थानकोटको नेवार वस्तीको परिक्रममा गराई यो जात्रा मनाइन्छ । दुई दिनसम्म चल्ने जात्राको आज अन्तिम दिन हो । बुधबार दिउУसो बली पूजासहित सुरू भएको मूल जात्रा पश्चात् आज विहान सिन्दुर जात्रा गरिएको थियो । सिन्दुर जात्राका क्रममा खट बोक्नेहरूमाथि सिन्दुरЦअविर छर्किने परम्परा छ ।
७. निष्पक्ष सेवा प्रदान गर्न प्रहरी संघठन प्रतिबद्ध
७ मंसिर, काठमाडौ । प्रहरी महानिरीक्षक कुबेरसिंह रानाले नागरिकलाई जनमुखी, व्यवसायिक र निष्पक्ष्ँ सेवा प्रदान गर्न प्रहरी संघठन प्रतिबद्ध रहेको बताउनु भएको छ ।
सातौं महानगरीय प्रहरी दिवस २०६९ को अवसरमा आज आयुक्त कार्यालय रानिपोखरीमा भएको कार्यक्रममा महानिरिक्षक रानाले ठूला संगठित अपराधबाट राष्ट्रको पहिचानमा आУच आउने भन्दै अपराधलाई शून्यमा झार्न प्रहरी संगठन सधै प्रतिबद्ध रहेको बताउनुभयो ।
८. दुर्घटनामा एक जनाको मृत्यु
नवलपरासी । नवलपरासीको सुनवलमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउदै गरेको लु. ७ प ८४८६ नम्बरको मोटरसाइकल रोकी राखेको जे. एच. ०२५५३०४ नम्बरको भारतीय ट्रकसग ठोक्किदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी रूपन्देही करहीया गाविसका २९ वर्षीय नवराज भण्डारीको मृत्युभएको छ । भण्डारीको उपचारका क्रममा परासीस्थित जिल्ला अस्पतालमा मृत्यु भएको थियो ।
९. मुलुकभर भूकम्पको कम्पन
२० कार्तिक, काठमाडौ काडमाडौ लगायत देशको पूर्वी क्षेत्रमा आज साझ भूकम्पको धक्का महशुस गरिएको छ ।
कोदारीबाट ९० किलोमिटर उत्तरी क्षेत्र तिब्बतको चोङदुईमा केन्द्र बिन्दु बनाएर गएको भूकम्प ५ दशमलब ५ रेक्टर स्केल मापन गरिएको काठमाडौ स्थित राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । साУझको ६ बजेर ५५ मिनेटमा एक पटक कम्पन महशुस गरिएको थियो । भूकम्पबाट क्षतिको विवरण प्राप्त भइसकेको छैन ।
भूकम्पबाट नेपालको काठमाडौ सहित रसुवा, राजबिराज, सोलुखुम्बु, चौतारामा लगायतको स्थानमा कम्पन महशुस गरिएको थियो ।
१०. हुम्लाका दावा टसी लामाको साथबाट एक लाख ९५ हजार युरो बरामद
कार्तिकЦ११, काठमाडौं ।
हुम्लाका दावा टसी लामाले १ लाख ९५ हजार युरो भारत लैजान लागेको अवस्थामा प्रहरीले शुक्रबार त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो । शुक्रबार विहान लामाले स्पाइस जेटको ०४२ काठमाण्डौ दिल्ली उडानको ११४० बजेको उडानबाट सो रकम भारत लैजान लागेका थिए ।
११. बडा दशैंको आज तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना गरेर मनाइदैं
२ कार्तिक, काठमाडौ । हिन्दूहरूको महान् चाड बडादशैंको आज तेस्रो दिन । नवदुर्गा भगवतीमध्ये आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिदैछ ।
आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरिएका दशैंघर र विभिन्न शक्तिपीठमा चन्द्रघण्टाको विशेष पूजा आराधना गरिУदैछ । घरघरमा दुर्गा सप्तशती चण्डीको पाठसहित श्रद्धालुहरू भगवतीको आराधना गर्ने गर्दछन् ।
१३. बिद्यार्थीहरूले गाडी भाडामा छुट नपाएपछी बजार बन्द
२६ असोज, धनकुटा । बिद्यार्थीहरूलाई गाडी भाडामा छुट दिने सहमति कार्यन्वयन नभएको भन्दै बिद्यार्थी संगठनहरूले धनकुटामा आज बिहान यातायात बन्द गरेका छन् ।
सवारी साधनमा बिद्यार्थीलाई ४५ प्रतिशत छुट दिन गरिएको सहमति कार्यन्वयन नभएको भन्दै अनेरास्वबियु, अनेरास्वबियु क्रान्तिकारी, नेपाल बिद्यार्थी संघ र अनेरास्ववियू पाУचौले संयुक्त रूपमा यातायात बन्द गराएका हुन् ।
१४. अधिवक्ता ढुंगाना रहेनन्
२६ असोज, काठमाडौ । नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता वासुदेव ढुंगानाको ८१ वर्षको उमेरमा निधन भएको छ ।
ढुंगानाको उपचारको क्रममा आज शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो । हिजो राती १२ बजे स्वास्थ्यमा समस्या देखिएपछि उहाУलाई राति नै शिक्षण अस्पताल लगिएको थियो । अस्पताल लगेको केहि समय पछि राती १ः ४५ बजे उहाУको निधन भएको थियो ।
१५. घलेको जीवनरक्षाका लागि पहल गरिदिन परिवारजनबाट आग्रह
२१ असोज, काठमाडौ ।
लागुऔषध कारोवारको अभियोगमा मलेसियामा मृत्युदण्डको सजाय सुनाइएका हरिबहादुर घलेको जीवनरक्षाका लागि पहल गरिदिन परिवारजनले राष्ट्रपतिसमक्ष आग्रह गरेका छन् । आज बिहान राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउँदै मृत्युदण्डको सजाय पाएका हरिवहादुरका हजुरबुबा ८३ बर्षीय धनवहादुर घले, छोरी १३ वर्षिया झरना घले सहितका आफन्तले जीवनरक्षाको पहल गरिदिन आग्रह गरेका हुन् ।