
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता भएको छ ।
आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबिच भेटवार्ता भइरहेको हो ।
भेटमा दुई नेताबिच सदन सञ्चालन र कानुन निर्माणबारे छलफल भएको बताइएको छ । संसद्को हिउँदे अधिवेशन माघ २२ गतेदेखि सुरु हुँदै छ ।