समाचार

  • एक लाखको पटाकासहित ३७ लाख मूल्य बराबरको अबैध सामग्री बरामद

    एक लाखको पटाकासहित ३७ लाख मूल्य बराबरको अबैध सामग्री बरामद

    झापा-तिहारका लागि ल्याइएका पटाकासहितका बारुदजन्य पदार्थ सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रित पटाका जन्य पदार्थ एक लाख रुपैयाँभन्दा बढी मूल्यको रहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार गस्ती सुरक्षा गुल्म काँकरभिट्टाले गस्तीका क्रममा बारुदजन्य पदार्थ बरामद गरेको हो । त्यसैगरी भन्सार छलि गरी नेपाल भित्र्याउँदै गरेको आवस्थामा ४ लाख ७७ […]

    शुक्रबार, कार्तिक १, २०७६
  • अस्पताल गएर प्रसूति गराउने बढ्दै

    अस्पताल गएर प्रसूति गराउने बढ्दै

    दाङको तुलसीपुर उपमहानगरपालिकाले शुरु गरेको सुत्केरी भत्ताले प्रसूति गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख डा गोकर्ण दाहालका अनुसार उपमहानगरपालिकाले बनाएको मापदण्डअनुसार गर्भवती भएदेखि स्वास्थ्य संस्थामा गएर गराउनुपर्ने नियमित जाँचका प्रक्रिया पूरा गरेपछि सुत्केरी भत्ता दिने गरिएको छ । अहिले सरकारी स्वास्थ्य संस्थाले रु एक हजार ८०० र उपमहानगरपालिकाले रु तीन […]

    शुक्रबार, कार्तिक १, २०७६
  • विप्लव समूहका दुई जना पक्राउ

    विप्लव समूहका दुई जना पक्राउ

    जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले नेत्रविक्रम चन्द विप्लव समूहका दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बिहीबार राति पक्राउ गरिएको हो । नवलपरासीपूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१० मजुवाखोलाबाट प्रहरीले विप्लव समूहका जिल्ला सदस्य ३५ वर्षीय गणेश विक र २६ वर्षीय गोविन्द विकलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वमा राखी थप अनुसन्धान थालिएको […]

    शुक्रबार, कार्तिक १, २०७६
  • युवकको विभत्स हत्या

    युवकको विभत्स हत्या

    सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्सामा गए राति एक युवकको विभत्स हत्या गरिएको छ । पाँचपोखरी थाङ्पालगाउँपालिकाका विजय गोलेको हत्या भएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो । हत्यामा संलग्न सोही गाउँपालिकाका २३ वर्षीय मिलन स्याङ्बो र २४ वर्षीय बमबहादुर स्याङबो फरार छन् । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी […]

    शुक्रबार, कार्तिक १, २०७६
  • लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्चको आदेश

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्चको आदेश

    काठमाडौं- मधेश आन्दोलनबारे छानबिनका लागि गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ।  एकवर्षअघि अधिवक्ता शशिधर पाण्डेले प्रतिवेदन सार्वजनिक गर्न आदेश माग गर्दै दायर रिटमा सुनुवाई गर्दै सर्र्वोच्चले यस्तो आदेश दिएको हो।  प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा र न्यायाधीश सपना मल्लको संयुक्त इजलासबाट बिहीबार भएको आदेशमा सरकारलाई लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आदेश […]

    बिहिबार, अशोज ३०, २०७६
  • दुर्घटनामा एकको मृत्यु, दुई घाइते

    दुर्घटनामा एकको मृत्यु, दुई घाइते

    चितवन–चितवनमा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । ना१३प ६७०३ नंको मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले भरतपुर महानगरपालिका–१० सिर्जनाचोकमा ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका भरतपुर महानगरपालिका–४ यज्ञपुरीका भविस केसीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मोटरसाइकलमा सवार तनहुँ आबुखैरहनीका २२ वर्षीय सुशान्त […]

    बिहिबार, अशोज ३०, २०७६
  • बोलपत्र च्यात्ने सात पक्राउ

    बोलपत्र च्यात्ने सात पक्राउ

    बाँके–बाँके राष्ट्रिय निकुञ्जले खुलाएको बोलपत्र च्यातेको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । निकुञ्जभित्र दुई पोष्ट भवन र पर्खाल निर्माणका लागि खुलाएको बोलपत्र दर्ता गर्ने क्रममा बुधबार एक समूहले निकुञ्जभित्र पसेर बोलपत्र फारम च्यातेको थियो । निकुञ्ज कार्यालयले तोक लगाएका दुई र अन्य केही बोलपत्र च्यातेको अभियोगमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी […]

    बिहिबार, अशोज ३०, २०७६
  • छोरी शिक्षित भए मात्र सामाजिक रुपान्तरण सम्भव : मुख्यमन्त्री राउत

    छोरी शिक्षित भए मात्र सामाजिक रुपान्तरण सम्भव : मुख्यमन्त्री राउत

    महोत्तरी– प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शिक्षाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकार मातहतमा राख्नुपर्ने बताउनुभएको छ । बुधबार महोत्तरीमा आयोजित साइकल वितरण सामारोहमा उहाँले वर्तमान समयमा सङ्घीय सरकारको शिक्षा नीतिले समग्र शिक्षा क्षेत्र धरासायी हुँदै गएकाले शिक्षा क्षेत्रमा फड्को मार्नका लागि सम्पूर्ण अधिकार प्रदेश सरकारलाई दिनुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री राउतले आजको आवश्यकता प्राविधिक […]

    बिहिबार, अशोज ३०, २०७६
  • दलित युवाद्वारा न्यायका लागि अपिल

    दलित युवाद्वारा न्यायका लागि अपिल

    रुकुम–रुकुमको चौरजहारी नगरपालिका–३ का वडाध्यक्ष लालबहादुर बुढाथोकीले सोही वडा निवासी गोविन्द विकलाई जातीय गालीगलौज गर्दै कुटपिट गरिएको भन्दै न्यायका लागि अपिल गरिएको छ । पीडित विकले बुधबार यहाँ पत्रकार सम्मेलन गरी जनप्रतिनिधि बुढाथोकीले अपमान गर्दै कुटपिट र ज्यान मार्ने धम्की दिएपछि न्यायका लागि उजुरी गरेकोमा मार्ने धम्की आएकाले आफू विस्थापित हुनुपरेको जानकारी दिनुभयो । दोषीमाथि […]

    बिहिबार, अशोज ३०, २०७६
  • नेकपा सांसद पार्वत गुरूङलाइ ज्यान मुद्दामा पक्राउ पुर्जी जारी

    नेकपा सांसद पार्वत गुरूङलाइ ज्यान मुद्दामा पक्राउ पुर्जी जारी

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का सांसद पार्वत गुरुङलाई पक्राउ पुर्जी जारी भएको छ । दोलखाबाट प्रत्यक्ष निर्वाचित सांसद गुरुङलाई ज्यान मार्ने मुद्दा अन्तर्गत पक्राउ पुर्जी जारी भएको हो । ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले सांसद गुरुङलाई पक्राउ पुर्जीको म्याद तामेल गरेको हो । वीरध्वज खड्काको जाहेरीले २९ […]

    बुधबार, अशोज २९, २०७६