
काठमाडौ, नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३० रूपैयाँ २५ पैसा र बिक्री दर १३० रूपैयाँ ८५ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ७० पैसा र बिक्री दर १४२ रूपैयाँ ३५ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ६२ पैसा र बिक्री दर १६१ रूपैयाँ ०६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६५ पैसा र बिक्री दर ३५ रूपैयाँ ८१ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।