
काठमाडौं, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति समितिका अनुसार सोमबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ र हरियो अंगुरको १८० रुपैयाँ रहेको छ ।
यसैगरी अदुवाको ७४, नेपाली ठूलो गोलभेडाको ५० रुपैयाँ, अनारको ३०० रुपैयाँ रहेको छ ।
यसैगरी अम्बाको १२० रुपैयाँ मूल्य हुँदा रातो आलुको ३२ रुपैया, सेतो आलुको २५ रुपैयाँ रहेको छ। यस्तै स्थानीय काउलीको ५० रुपैयाँ र अकबरे खुर्सानीको ५०० रुपैयाँ तोकिएको छ।