
काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा चीनसँग भएको बीआरआईको फ्रेमवर्क सम्झौता अनुदानमा आधारित भएको बताएको छ ।
सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा प्रधानमन्त्री चीन जाँदा भएको दुई पक्षीय समझदारीका बारेमा छलफल भएको थियो ।
बैठकपछि प्रवक्ता प्रकाशशरण महतले पार्टीले अनुदान स्वीकार गर्ने तर ऋण स्वीकार नगर्ने कार्यसम्पादन समितिले यसअघि नै गरेको निर्णयअनुसार समझदारी भएको दाबी गरे ।
प्रवक्ता महतले परियोजनाहरुमा सम्झौता गर्दा अनुदानका आधारमा अघि बढ्ने बताए । सर्तसहितका ऋण लिँदा परियोजना सकिएपछि पनि ऋण तिर्न नसकिने अवस्था हुने उनको भनाइ थियो ।