
काठमाडौँ— राष्ट्रिय जनमोेर्चा पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसहितका नेताहरू पुगेर ज्ञापन पत्र बुझाएका हुन्।
पछिल्ला राजनीतिक विषयवस्तु र समसामयिक घटनाक्रमका बारेमा प्रधनमन्त्रीको ध्यानाकर्षण गराउनेगरी ज्ञापनपत्र बुझाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
अध्यक्ष केसीसहित उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरु ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका थिए।