समाचार
जसपाको साथले भूमिसम्बन्धी अध्यादेश संसद्बाट पारित हुने सरकारका प्रवक्ता गुरुङको दाबी
0 टिप्पणी

काठमाडौं। सरकारले भूमिसम्बन्धी अध्यादेश लगाएतका अन्य अध्यादेश सदनबाट पारित हुने दाबी गरेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भूमिसम्बन्धी अध्यादेश लगायत सरकारले ल्याएका सबै अध्यादेश संघीय संसद्बाट पारित हुने दाबी गरेका हुन् ।
भूमिसम्बन्धी अध्यादेश पारित नहुने हल्ला बजारु भएको भन्दै उनले जसपा नेपालले यसबारे कुनै आधिकारिक निर्णय नगरेको बताए ।
उनले अध्यादेशबारे सहमति खोज्न दलहरूसँग छलफल भइरहेको र संक्रमणकालीन अवस्थामा नै रहेको धारणा राखे ।
प्रवक्ता गुरुङले सामाजिक सञ्जालसम्बन्धी विधेयक सरकारले सदनमा पेश गरेको अवस्थामा त्यसलाई संशोधन गर्ने वा नगर्ने निर्णय सदनले गर्ने जिकिर गरे।