
म्यान्मारकी नेपाली चेली खेमा बुढाथोकीले मिस युनिभर्स म्यान्मारको दोस्रो रनरअपको बाजी मारेकी छिन्।
उनी मिस युनिभर्स म्यान्मार—२०२३ को दोस्रो रनरअप भएको म्यान्मारका नेपालीभाषीहरूले जनाएका छन्।
म्यान्मार र थाइल्यान्डका नेपालीभाषीहरूले खेमालाई राम्रो साथ दिएका थिए। उनीहरूले उपाधि उचाल्न नसकेपनि दोस्रो रनरअप भएपछि बधाई दिएका छन्।