
काठमाडौं। श्रीलंकाले न्यूजील्याण्डविरुद्धको एकदिवसीय सिरिज एक खेल अघि नै जितेको छ ।
गएराती सम्पन्न सिरिजको दोस्रो खेल ३ विकेटले जितेसँगै श्रीलंकाले न्यूजील्याण्डविरुद्धको ३ खेलको सिरिज २–० ले जितेको हो ।
न्यूजिल्याण्डले दिएको २१० रनको लक्ष्य पछाएको श्रीलंकाले ४६ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । बर्षाले प्रभावित खेल ४७–४७ ओभर खेलाइएको थियो । यस अघि न्यूजील्याण्डले ४५.१ ओभरमा अल आउट हुदै २०९ रन बनाएको थियो । अब सिरिजको अन्तिम खेल मंगलबार खेलिदै छ ।