समाचार
पाकिस्तानको गिलगिट—बाल्टिस्तानका बासिन्दाद्वारा करमा उचित हिस्साको माग राख्दै गरे विरोध प्रदर्शन

गिलगिट—बाल्टिस्तान— पाकिस्तानले गिलगिट—बाल्टिस्तानमा अवैध कब्जा गरेदेखि यस क्षेत्रका मानिसहरूले कठिनाइहरूको सामना गरिरहेका छन्।
गिलगिट—बाल्टिस्तानका जनता उनीहरूले पाउने अधिकारबाट बञ्चित हुनुपरेको छ । पाकिस्तानले यी क्षेत्रका जनतालाई अन्यायपूर्ण व्यवहार गर्दै आएका छन्।
तर, पछिल्ला केही वर्षयता यस क्षेत्रका आम जनताले इस्लामावादमा सरकारप्रति आक्रोश व्यक्त गर्न थालेका छन् ।
कुनै पनि विकास नहुँदा जनताले विभिन्न संघसंस्थामार्फत आफ्ना गुनासो पोखिरहेका छन् ।
हालै, अवामी एक्शन कमिटी गिलगिट—बाल्टिस्तानको आह्वानमा, पामिस्तान नियन्त्रिण क्षेत्रमा करमा उचित हिस्साको माग गर्दै विरोध सभाहरू आयोजना गरिएको छ ।
लोडसेडिङ, कमजोर शिक्षा र बेरोजगारी जस्ता मुद्दाहरूलाई लिएर गिलगिट—बाल्टिस्तानमा सरकारविरुद्ध व्यापक विरोध प्रदर्शन भइरहेको छ।
गिलगिट—बाल्टिस्तानको नेतृत्वले स्रोतसाधन लुट्न इस्लामाबाद शासनसँग साझेदारी गरेको तथ्यले जनतालाई निराश बनाएको छ।
गिलगिट—बाल्टिस्तानका बासिन्दाहरूले सरकारले उनीहरूलाई खाना सहित सबै चीज लुटिरहेको आरोप लगाएका छन्।