अन्तर्राष्ट्रिय
पाकिस्तानमा रेल अपहरणमा परेका एक सय चार जना यात्री मुक्त स् १६ जना अपहरणकारी मारिए

पाकिस्तानको बलुचिस्तान प्रान्तबाट हिजो अपहरणमा परेका रेलका एक सय चार जना यात्रुको उद्धार गरिएको छ । हतियारधारी समूहले चार सय ५० जनाभन्दा धेरै यात्रु रहेको रेलका एक सय भन्दा धेरैलाई अपहरण गरी बन्धक बनाएका थिए । यसको जिम्मेवारी अलगाववादी समूह बलुच लिबरेसन आर्मी ९बीएलए० ले लिएको बीबीसीले जनाएको छ । क्वेटा शहरबाट पेशावरका लागि छुटेको जाफर एक्सप्रेसको रेलका यात्रीलाई हतियारधारी समूहले अपहरण गरेका थिए । अपहरणको सूचनालगत्तै सुरक्षा टोली उद्धारका लागि खटिएको थियो । त्यसक्रममा अपहरणमा संलग्न १६ जना मारिएका छन् । क्वेटाका वरिष्ठ रेलवे सरकारी अधिकारी मुहम्मद काशिफका अनुसार महिला र बालबालिकासमेत अपहरणमा परेका थिए । यसअघि नोभेम्बरमा, बीएलएले क्वेटाको मुख्य रेलवे स्टेशनमा भएको बम विस्फोटको जिम्मेवारी लिएको थियो । जसमा १४ सैनिकसहित २६ जनाको ज्यान गएको थियो ।