जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ५ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ५ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ५ घन्टा अगाडि
  • होमपेज
  • ललितानिवास प्रकरण पोलिटिकल स्टन्ट मात्र हो : ओली

ललितानिवास प्रकरण पोलिटिकल स्टन्ट मात्र हो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितानिवास प्रकरणमा भइरहेको अनुसन्धान सरकारको पोलिटिकल स्टन्ट मात्र भएको दाबी गरेका छन् । ओलीले पार्टी उपाध्यक्ष विष्णु पौडेलको नाम नदिई उनका छोरालाई दोषी देखाउन खोजिएको भन्दै असन्तुष्टि समेत जनाए ।

शुक्रबार स्ववियु काउन्सिलको बैठकलाई सम्बोधन गर्दै ओलीले ललिता निवास प्रकरणमा सरकारले भ्रष्टाचार विरोधी देखिन पोलिटिकल स्टन्ट बाहेक केही नगर्ने बताए ।

‘ललितानिवासको प्रकरण निकालिएको छ, यो नाटक मात्र हो । आफूलाई हिरो देखाउन स्टन्ट मात्र हो’, उनले भने, ‘अरु केही गर्दैन यो सरकारले ।’

‘गर्दा यो गठबन्धनकै मान्छेहरु पर्ने हुन्, त्यसैले गर्दैन’, पार्टी उपाध्यक्ष पौडेलतर्फ संकेत गर्दै ओलीले जग्गा खरिद गरे वापद दोषी देखाउन खोजेको बताए ।

उनले अघि भने, ‘हाम्रो पार्टीको एउटा कसैको छोराले जमिन किनेको थियो अरे । कसैको छोराले जमिन किन्यो, धनिपूर्जा हेर्‍यो, अड्डामा गएर पास गर्‍यो । उ चाहिँ प्रमुख दोषी भन्न खोजिएको । यस्ता कुराहरुको कुनै अर्थ छैन ।’

एमालेले स्वच्छता, पारदर्शिता, कानुनीराज, लोकतान्त्रिक पद्धतीमा विश्वास गर्ने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्