
कास्की। पोखराको लेकसाइडस्थित सरोवर होटलमा आगलागी भएको छ।
होटल सरोवरको पहिलो तलामा रहेको स्टोर र स्पामा आगलागी भएको सशस्त्र प्रहरी बल कालिका गण कास्कीका गणपति (एसपी) अरुणकुमार शर्माले जानकारी दिए।
आज बिहान स्पामा विद्युत सर्ट हुँदा आगलागी भएको उनले बताए। कालिका गणबाट १५ जनाको टोली र बैदाम वडा कार्यालयबाट खटिएको टोलीले आगो नियन्त्रणमा लिएको थियो।
आगलागीबाट मानवीय क्षति केही भएको छैन्। अन्य क्षतिको विवरण भने नआइसकेको एसपी शर्माले बताए।