
काठमाडौं – नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालले धोका दिन कसैलाई बाँकी नराखेको बताएका छन् ।
आज प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले नेपालका राजनीतिक दल सबैले दाहालबाट धोका पाएको बताएका हुन् ।
उनले भने, ‘प्रधानमन्त्री ज्यूले धोका नदिएको सायदै कुनै दल होला । तपाईंले धोका दिएका सबै दल एक ठाउँमा उभिए तपाईं कहाँ पुग्नुहुन्छ रु’