
नयाँ दिल्ली— भारतका लागि अमेरिकी राजदूत एरिक गार्सेट्टीले भारतको अभ्यक्षता भएको जी–२० सम्मेलन अहिलेसम्मको सबैभन्दा सफल भएको दाबी गरेका छन् ।
‘भारतको अद्भुत विकास, यसको द्रुत वृद्धि, र जी–२० सम्मेलनमा भारतको नेतृत्व सफल भएको छ’, अमेरिकी राजदूतले भने।
गार्सेट्टीले इन्डो—अमेरिकन चेम्बर अफ कमर्सद्वारा आयोजित २० औं इन्डो—अमेरिकी आर्थिक शिखर सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।