
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न आदेश जारी गरिएको छ ।
न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राख्न आदेश दिएको हो । शुक्रवार सहकारी प्रकरणमा पक्राउ परेका लामिछानेलाई आज आइतबार म्याद थपका लागि अदालत लगिएको थियो ।
लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ता डा.नारायणदत्त कँडेल, सुवास आचार्य, नारायण घिमिरे लगायतले बहस गरेका थिए ।
लामिछानेलाई शुक्रवारबाट गणना हुने गरी पहिलो पटक ५ दिन हिरासतमा राख्न अनुमति मागिएको थियो ।