जोडिनुहोस
शुक्रबार, फाल्गुन ३०, २०८१
शुक्रबार, फाल्गुन ३०, २०८१
  • होमपेज
  • राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि तीन ३ सदस्यीय सिफारिस समिति गठन

राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि तीन ३ सदस्यीय सिफारिस समिति गठन

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ३ सदस्यीय सिफारिस समिति गठन गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोकत्वमा गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन भएको हो । समितिमा मन्त्री पौडेलका साथै नेपाल राष्ट्र बैंककै पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल रहेका छन् । ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार मन्त्रिपरिषद्ले गभर्नरको नियुक्तिअघि अर्थमन्त्रीको नेतृत्वमा एउटा सिफारिस समिति गठन गर्नुपर्ने व्यवस्था छ ।

समितिमा पूर्वगभर्नरमध्ये एक जना र आर्थिक, मौद्रिक, वित्तीय वा व्यवस्थापन क्षेत्रका विज्ञमध्ये एक जना सदस्य रहन्छन् । अहिलेका गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल चैत २४ गते सकिँदै छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका