जोडिनुहोस
  • होमपेज
  • ‘लाज शरणम्’मा बालेनले गाएको गीत ‘नेपाल हाँसेको’ सार्वजनिक (भिडिओ)

‘लाज शरणम्’मा बालेनले गाएको गीत ‘नेपाल हाँसेको’ सार्वजनिक (भिडिओ)

काठमाडौं। चलचित्र ‘लाज शरणम्’ मा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गाएका गीत ‘नेपाल हाँसेको’ सार्वजनिक भएको छ ।

सोमबार दिउँसो मेयरको आफ्नै युट्युब च्यानलमा उक्त गीत सार्वजनिक गरिएको हो । यस गीतमा बालेनकै शब्द, कम्पोज र र्याप रहेको छ ।

मेयर बालेन र्यापर समेत हुन् । यस गीतलाई ‘प्रमोसनल सङ’ का रूपमा दर्शकमाझ ल्याइएको निर्माण टिमले जनाएको छ ।

यो बालेनको नयाँ र्याप भने होइन । उनले विगत १० वर्ष अगाडि नै यसलाई रेकर्ड गराएर आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेका थिए ।

यस गीतको भिडिओ भने बनेको थिएन । जसले हालसम्म ३ लाख ८३ हजार भ्यूज पाएको छ ।

बालेनले यही र्याप ‘लाज शरणम’ मा प्रयोग गर्न अनुमति दिएका थिए । अहिले यो र्यापलाई फेरी नयाँ रेकर्ड गराएर चलचित्रमा राखिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14