
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन उम्मेदवारले आज (शनिबार) संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दैछन् ।
रास्वपाका चितवन–२ का उम्मेदवार रवि लामिछाने, तनहुँ–१ का उम्मेदवार स्वर्णिम वाग्ले र बारा–२ का उम्मेदवार रमेश खरेलले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलन पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा शनिबार अपराह्न ४ बजे हुनेछ ।