
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालका – १ लोकन्थलीबाट जुवातास खेलेको आरोपान १६ जनालाई प्रहरीले पक्रो गरेको छ । लोकन्थलीस्थित मझेरी क्याफेबाट १६ जनालाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्रो गरेको हो ।
उनीहरुको साथबाट १६ बुक तास र ३ लाख बढी नगदसमेत बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।
पक्राउ परेकाहरुमध्ये १३ जना ४० वर्षभन्दा कम उमेर समूहका रहेका छन् । सिन्धुपाल्चोकको चौतारा सागाचोक गढीका – ३९ वर्षीय दिलिप गिरीले संचालन गरेको क्याफेबाट पक्राउ परेका उनीहरुमध्ये २ जना भारतीय नागरिक रहेको समेत खुल्न आएको छ ।