
काठमाडौं। आज स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार मंगलबार सुन तोलामा एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार छापावाला सुन तोलामा एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
उता, चाँदीको मूल्य भने केही घटेको छ । जसअनुसार आज १ हजार ९४५ मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
सोमबार चाँदी एक हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।