
काठमाडौँ, नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको जानकारी दिएको छ । आजको मूल्यसूची तोक्दै महासंघले हिजोकै मूल्यमा आज सुनको कारोबार हुने जानकारी दिएको हो ।
यसअनुसार, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार रुपैयाँ कायम छ ।
यस्तै, महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । हिजो बुधबार तोलामा १३ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा १३ सय ५५ रुपैयाँ छ ।