जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • स्कुल बसको ठक्करबाट महिलाको मृत्यु, ६ जना घाइते, जनकपुर–जलेश्वर सडक तनावग्रस्त

स्कुल बसको ठक्करबाट महिलाको मृत्यु, ६ जना घाइते, जनकपुर–जलेश्वर सडक तनावग्रस्त

जनकपुरमा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

जनकपुरधाम उपमहानगरपालिका–२३ विन्हीमा जनकपुरधाम–९ मा रहेको एंजल्स सेकेन्ड्री बोर्डिङ स्कुलको बसको ठक्करबाट स्थानीय ३५ वर्षीया राखीदेवी यादवको मृत्यु भएको हो भने अन्य ६ जना घाइते छन्। घाइतेहरुको जनकपुरमा उपचार भइरहेको छ।

दुर्घटनापछि जनकपुर–जलेश्वर सडक अवरुद्ध गरिएको छ। स्थानीयले टायर बालेर सडक अवरुद्ध गरेपछि अहिले सो क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ।

विवाहका लागि माटो खन्न पोखरीतर्फ गइरहेका महिलाहरुलाई तीव्र गतिमा आएको बसले ठक्कर दिएको थियो। दुर्घटनापछि स्थानीयले टायर बालेर जनकपुर–जलेश्वर सडक अवरुद्ध पारेर विरोधमा उत्रिएका हुन्। उनीहरुले सडकमा बिजुली पोलसमेत तेर्साएर विरोधमा उत्रिएका छन्।

ठक्कर दिएको बसलाई जलाउन खोज्दा प्रहरीले लाठीचार्जसमेत गरेको छ। घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका